site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिममा योगदान निरन्तर रहने छ : पूर्वकप्तान क्षेत्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले टिममा आफ्नो योगदान निरन्तर रहने बताएकी छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार हङकङमा हुने चारदेशीय श्रृंखलाका लागि टिम घोषणा गर्दा विगत ११ वर्षदेखि निरन्तर कप्तान रहेकी रुबिनालाई हटाउँदै इन्दु बर्मालाई कप्तान बनाएको थियो । यसबारे रुबिनाले सामाजिक संजालमा लेख्दै सिनियर खेलाडीको रूपमा टिममा योगदान निरन्तर रहने बताएकी हुन् ।

"विगत ११ वर्षदेखि अनवरत रूपमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको नेतृत्व गर्ने अवसर प्रदान गर्नु हुने नेपाल क्रिकेट संघ, यो यात्रामा साथ दिने सम्पूर्ण महिला क्रिकेट खेलाडीहरू, समर्थक, मिडियाकर्मी, शुभचिन्तकप्रति म हार्दिक आभार व्यक्त गर्दछु । मेरो हौसलामा कमी आउन नदिन लगातार फोन, म्यासेज गर्नु हुने परिवार, साथीभाई र शुभचिन्तकप्रति कृतज्ञ छु । तपाईं सम्पूर्णको साथ सहयोग आगामी दिनमा समेत निरन्तर प्राप्त गर्नेछु भन्नेमा विश्वस्त छु," रुबिना भन्छिन्, "राष्ट्रिय महिला क्रिकेट टिमको सिनियर खेलाडीको रूपमा मेरो योगदान टिमलाई निरन्तर रहनेछ । नवनियुक्त महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान इन्दु बर्मा र उप–कप्तान विन्दु रावललाई हार्दिक बधाई व्यक्त गर्दछु ।"

क्यानले बिहीबार श्रृंखलाका लागि नयाँ कप्तान र उपकप्तानसहित १४ सदस्यीय टोली घोषणा गरेको हो । क्यानले उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिएको छ । 

कात्तिक २९ देखि मंसिर ३ सम्म हुने श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् ।

श्रृंखलामा नेपाल, हङकङ, जापान र तान्जानिया सहभागी छन् । नेपालले श्रृंखलाको पहिलो खेलमा तान्जानियाको सामना गर्नेछ ।

नेपाल र तान्जानियाबीचको खेल कात्तिक २९ मा हुनेछ । यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । यसैगरी पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro