site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सेनाका हातमा पाँचवटा रणनीतिक महत्वका सडक 
फाइल तस्बिर

काठमाडौं । पछिल्ला दिन नेपाली सेना पाँच वटा रणनीतिक महत्वका सडक निर्माणको जिम्मेवारी पाएको छ । सरकारी निकायले उक्त सडक निर्माण गर्ने जिम्मेवारी सेनालाई दिएका हुन् । 

सेनाले निर्माण गरिरहेका सडकमा काठमाडौं/तराई–मधेस द्रुतमार्ग सडक आयोजना, कर्णाली करिडोर सडक आयोजना, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजना, उत्तर दक्षिण कोशी सडक खाँदबारी किमाथांका सडक आयोजना र दार्चुला–टिंकर सडक आयोजना छन् । 

२०७४ असारबाट सुरु भएको काठमाडौं/तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको काम सेनाले गरिरहेको छ । ७२.५ किलोमिटर लामो द्रुतमार्ग निर्माण सुरु गरेको ६ वर्ष ४ महिना बितिसकेको छ । सेनाले द्रुतमार्ग निर्माण कार्य २०८३ चैत मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ । 

Dabur Nepal
NIC Asia

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार, २०८० असोज मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति २७ प्रतिशत र वित्तीय प्रगति २९ प्रतिशत रहेको छ । द्रुतमार्गको आयोजनाको काम ११ वटा कलस्टरअन्तर्गत १३ वटा प्याकेजमा भइरहेको छ । प्याकेज नं. १, २, ३, ४, ५, ६ र ७ को खरिद सम्झौता भई निर्माण कार्य भइरहेको छ ।

प्याकेज नं. ८ र ९ ‘क’ को २०८० वैशाख ८ गते तथा प्याकेज नं. ९ ‘ख’ को लागि आव्हान गरिएको अन्तराष्ट्रिय बोलपत्र भदौ १३ गते खोलुवा भई मूल्याङ्कन प्रक्रियामा रहेको सेनाले जनाएको छ । प्याकेज नं. १० को २०८० भदौ १ गते बोलपत्र आह्वान र असोज १८ गते खोलुवा भई मूल्याङ्कन प्रक्रियामा छ ।

द्रुतमार्गअन्तर्गत निर्माणाधीन सुरुङ्गहरुको लम्बाई ६.४१५ किलोमिटर रहेकोमा हालसम्म ३ हजार ५० मिटर (४७.५५ प्रतिशत) सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । द्रुतमार्ग आयोजनाअन्तर्गतका ८९ वटा पुलहरुमध्ये ६२ वटा पुलको निर्माण कार्य भइरहेको छ । 

कर्णाली करिडोर (लालीबगर–दुल्लीकुन्न, घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्ड) सडक आयोजनामा आर्थिक वर्ष २०७९/८० मा सेनाले ६ किलोमिटर नयाँ ट्रयाक खोल्ने काम सेनाले गरेको थियो । 

कर्णाली करिडोरको उक्त २२.०५ किलोमिटर खण्डमा सेनाले हालसम्म ९.५ किलोमिटर ट्रयाक खोल्ने काम गरिसकेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) सेनाले ०.४ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न गरेको छ । 

सेनाले यसवर्ष ९२ किलोमिटर लामो बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनामा पनि काम गरिरहेको छ । 

नेपाली सेनाका अनुसार, गत आर्थिक वर्ष २०७९/८० मा बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनामा ३ किलोमिटर नयाँ ट्रयाक निर्माण र ४ किलोमिटर ट्रयाक स्तरोन्नति गरी कुल ३५.५ किलोमिटर नयाँ ट्रयाक निर्माण र ८ किलोमिटर ट्रयाक स्तरोन्नति गर्ने काम भएको थियो । 

उक्त सडक आयोजनामा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ०.२५ किलोमिटर नयाँ ट्रयाक निर्माण र ०.३ किलोमिटर ट्रयाक स्तरोन्नति गर्ने काम सम्पन्न भएको सेनाले जनाएको छ । 

सेनाले १०.५ किलोमिटर लामो उत्तर दक्षिण कोशी सडक खाँदबारी किमाथांका सडक आयोजना (च्याम्ताङ्ग–घोङघप्पा खण्ड) को काम पनि तीव्र गतिमा अघि बढाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा उक्त सडक खण्डमा ३.५ किलोमिटर नयाँ ट्रयाक निर्माण र २.५ किलोमिटर ट्रयाक स्तरोन्नति गर्ने काम सेनाले गरेको थियो । यससँगै च्याम्ताङ्ग–घोङघप्पा खण्डमा कुल ६.५ किलोमिटर नयाँ ट्रयाक निर्माण र ३ किलोमिटर ट्रयाक स्तरोन्नति गर्ने काम सकिएको थियो ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सेनाले उत्तर–दक्षिण कोशी सडक खाँदबारी किमाथांका सडक आयोजनामा ०.२ किलोमिटर नयाँ ट्रयाक निर्माण र ०.३५ किलोमिटर ट्रयाक स्तरोन्नति कार्य गरेको छ । 

सेनाले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ७९ किलोमिटर लामो दार्चुला–टिंकर सडक आयोजनाको ०.१९ किलोमिटर नयाँ ट्रयाक निर्माण र ०.११ किलोमिटर ट्रयाक स्तरोन्नति गरेको छ । 

गत आर्थिक वर्ष २०७९/८० सम्म सेनाले दार्चुला–टिंकर सडक आयोजनाको कुल १०.४ किलोमिटर नयाँ ट्रयाक निर्माय र १.५ किलोमिटर ट्रयाक स्तरोन्नती गर्ने कार्य सकेको थियो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro