site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घटनामा संलग्न व्यक्तिलाई आज सार्वजनिक गर्दै प्रहरी 

काठमाडौं । मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्न लागेको हो । 

उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । स्रोतका अनुसार शाही मृतकका आफन्त हुन् ।

हत्यामा उनीसँगै अर्का एकजनाको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ । यसबारे अनुसन्धान गरिरहेको स्रोत बताउँछ ।

अनुसन्धानका लागि आइतबारमात्रै सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा एउटा टोली मुगु पुगेको थियो ।

कार्तिक १० मा मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro