site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो
SkywellSkywell

काठमाडौं । लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकालाई पाँच विकेटले हराउँदै साविक उपविजेता न्युजिल्यान्डले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

बिहीबार बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको १७२ रनको लक्ष्य न्युजिल्यान्डले २३.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । 

KFC Island Ad
NIC Asia

न्युजिल्यान्डको जितमा ओपनरद्वय डेवोन कोन्वेले ४५ र रचिन रविन्द्रले ४२ रन जोडे । डार्यल मिचेलले ४३, ग्लेन फिलिप्सले १७ र कप्तान केन विलियम्सनले १४ रन थपे ।

एन्जेलो म्याथ्युजले दुई विकेट लिए । दुस्मन्था चमिरा र महिष थिक्षणाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको श्रीलंकाले ४६.४ ओभरमा सबै विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो ।

श्रीलंकाका कुशल परेराले २८ बलमा नौ चौका र दुई छक्कासहित ५१ रन बनाए । २२ बलमै ५० बनाएका उनी जारी विश्वकपमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीसमेत बने । महिस थिक्षणाले ३८ रन थपे । धनन्जय डी सिल्भाले १९, एन्जेलो म्याथ्युजले १६ र दिल्सान मदुसंकाले १९ रन जोडे ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले तीन विकेट लिए । लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान दुई विकेट लिए । टिम साउदीले एक विकेट हात पारे ।

सेमिफाइनल प्रवेश गर्ने सम्भावनालाई कायम राख्न न्युजिल्यान्डलाई आज जित्नैपर्ने दबाबमा थियो । नौ खेलबाट १० अंक जोडेको न्युजिल्यान्ड तालिकाको चौथो स्थानमा छ । यता, श्रीलंकाको भने सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ । नौ खेलबाट चार अंक जोडेको श्रीलंका तालिकाको नवौँ स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २१:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro