site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउराली बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई जाहेरी दिन आग्रह
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिन शुक्रबारसम्मको समयसीमा तोकेको छ । 

केही पीडित उजुरी लिएर आएका र उनीहरूको उजुरी दर्ता भएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी गराए । रकम प्राप्त गर्न नसकेका भए जाहेरी दिन बचतकर्तालाई उनले आग्रह गरे ।

उक्त सहकारीबाट अहिलेसम्म झन्डै ५० करोड रुपैयाँ बिगोबराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ । जाहेरीका आधारमा तीनजनालाई पक्राउ गरिएको उनले बताए ।

उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी ब्युरोबाट अनुसन्धान कार्य भइरहेको छ । आवश्यक अनुसन्धानका निम्ति पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो ।

उनले भने, “ललितपुर, काठमाडौं र भक्तपुर जिल्लाका सेवा केन्द्रमा निक्षेपकर्ता सदस्यले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिउपर प्रमाणसहित ब्युरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro