site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजाको मुख्य केन्द्रमा सेना पुग्यो : इजरायल

काठमाडौं । इजरायलका रक्षामन्त्री योभ गालान्टले आफ्नो सेना गाजा सहरको मुख्य केन्द्र ‘मुटु’मा पुगेको बताएका छन् । 

गालान्टले स्थल, हवाई र समुद्री सेनाको समन्वयमा इजरायली रक्षा बल उत्तर र दक्षिणबाट गाजाभित्र छिरेको बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनले इजरायल र हमासबीचको युद्धमा मृत्यु र पीडा असह्य भएको बताएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रवक्ताले गाजामा दैनिक १६० बालबालिकाले ज्यान गुमाइरहेको बताएका छन् ।

इजरायलको रक्षा बलले उत्तरी गाजामा रहेको हमासको गढलाई नियन्त्रणमा लिएको बताएको छ।

अक्टोबर ७ मा हमासले गरेको हमलामा गाजामा १० हजार ३०० भन्दा बढीको ज्यान गएको छ । जसमा चार हजार १०० भन्दा बढी बालबालिका रहेको बताइएको छ । इजरायलमा हमासको आक्रमणमा करिब एक हजार ४०० नागरिकको ज्यान गएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro