site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरले सडकमा भेटिएका गाईबाच्छा ‘काञ्जी हाउस’मा राख्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा (चौपाया) संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ । 

महानगरभित्र भेटिएका गाईबाच्छा दक्षिणकाली नगरपालिका–७, कोपुगाउँमा राख्ने महानगरका मेयर बालेन शाहले बताएको छ । उक्त कार्य भोलि (बिहीबार)देखि सुरु गर्ने शाहले बताए । 

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, "सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन् , बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ ।"

काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेको पनि उनले बताए । हेरचाह्र गर्न दुई स्थानीयलाई दैनिक ज्यालादारीमा लिएको छ । 

दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधाको प्रबन्ध मिलाइएको उनले बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro