site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन् । 

टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताए ।

Argakhachi Cement Island Ad

प्रधानमन्त्रीले भने, “सबैभन्दा पहिला तपाईंहरूलाई बधाई छ । तपाईंहरूले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ। १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहेनत गर्नुहोला । कतिपय बेला जित र हार संयोगको कुरा पनि हुन्छ। विश्वकपमा पनि तपाईंहररूले राम्रो गर्नुहोला ।”

प्रधानमन्त्रीले आफूले क्रिकेट हेर्ने गरेको र नेपालले राम्रो गर्दै गएको बताए । 

“क्रिकेट मैले हेर्दै आएको छु । क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ । यो टिम नेपालको बेस्ट टिम भएको महसुस गरेको छु । क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ” प्रधानमन्त्रीले भने, “यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ । खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो ।”

भरतपुर, मूलपानी र कीर्तिपुरको काम अगाडि बढाइने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्