site stats
बाह्रखरी :: Baahrakhari
खेल
व्यवस्थाविरुद्ध भएका प्रहारको मिलेर प्रतिवाद गर्ने प्रमुख दलको निष्कर्ष

काठमाडौं । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने प्रमुख दलका शीर्ष नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध देखिन खोजेको प्रहारको मिलेर प्रतिवाद गर्ने निष्कर्षमा पुगेका छन् ।

आज सिंहदरबारमा बसेको बैठकपछि नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले शीर्ष नेताहरू लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताइन् । विभिन्न कोणबाट देखा परेका प्रहारको मिलेर प्रतिवाद गरिने निष्कर्षमा पुगिएको उनले बताइन् ।

Argakhachi Cement Island Ad

“दलका शीर्ष नेताहरूले लोकतन्त्रको प्रतिबद्ध भएको, यदाकदा छिटफुट पानीका फोकाजस्ता विभिन्न कोणबाट देखा परेका, पर्न खोजका प्रहारको मिलेर प्रतिवाद गर्ने भन्ने सबैको अभिव्यक्तिबाट निष्कर्षमा पुगेका छौँ,” उनले भनिन् ।

भुसालले जीवनभर लडेका नेताहरू व्यवस्थाको रक्षा र विकास गर्ने कुराम प्रतिबद्ध रहेको बताइन् । 
उनले छिट्टै प्रधानमन्त्री पुष्ककमल दाहाल 'प्रचण्ड'ले आर्थिक भेलाको आयोजन गर्ने पनि बताइन् । बैठकबाट आर्थिक स्थितिको चित्रण गरेर कसरी अघि बढ्ने निष्कर्षमा पुगिने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्