site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आरती साह मृत्यु प्रकरण : धनुषाका एसपी खड्का हेडक्वार्टर तानिए
फाइल तस्बिर ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का केन्द्रीय कार्यालयमा तानिएका छन् । धनुषाकी २२ वर्षीया आरती साह मृत्यु प्रकरणको अनुसन्धानमा कमजोरी गरेको भन्दै विवादमा रहेका एसपी खड्कालाई सोमबार प्रहरी प्रधान कार्यालयमा तानिएको हो ।

उनलाई धनुषाबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा तानिएको छ । उनको काज सरुवा गरिएको प्रहरी प्रवक्ता एवं डीआईजी कुवेर कडायतले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

डीआईजी कडायतले भने, “एसपी खड्काको हिजो (सोमबार) काज सरुवा भएको हो । उनको ठाउँमा अर्को एसपी पठाउने तयारी प्रधान कार्यालयको छ ।”

प्रहरीले सुरुआती चरणमा कमजोरी गरेको भन्दै आरतीका आफन्त एसपी खड्कामाथि कारबाहीको मागसहित माइतीघरमा धर्नामा बसेका छन् । गएको जेठ ६ गते आरतीको मृत्यु भएको थियो ।

आरतीकी आमा निर्मलादेवीले एसपी खड्कासहित डीएसपी वेदप्रसाद गौतम, सई जयप्रकाश साह र प्रहरी जवान हनुमान राईको फोटो नै पोस्टरमा राखेर धर्नामा बसेकी हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro