
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मेची–महाकाली जागरण अभियानका क्रममा १० हजार २७४ जना पार्टी प्रवेश गरेको दाबी गरेको छ ।
आज (सोमबार)को सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले विभिन्न पार्टी छाडेर १० हजार २७४ जनाभन्दा बढी स्वतन्त्र नागरिक पार्टी प्रवेश गरेको बताए ।
अभियानका क्रममा तीन लाख ५० हजार जनतासँग भेटघाट भएको उनले बताए ।
एकीकृत समाजवादीले असोज १४–२८ जागरण अभियान सञ्चालन गरेको थियो । उनले रोजगारी सुशासन र समृद्धिका लागि १२ सय किलोमिटर लामो यात्रा गरिएको बताए । उनले समाजवादको प्रारम्भिक अवस्था कृषि क्रान्तिबाट आफूहरूले भनेको बताए ।
त्यस्तै, आगामी माघमा पार्टीको महाधिवेशन काठमाडौंमा हुने उनले जानकारी दिए ।