
काठमाडौं । गएको शुक्रबारको भूकम्पपछि जाजरकोटमा निरन्तर परकम्प मापन गरिएको छ । सोमबार बिहान १० बजेर १० मिनेटसम्म जाजरकोटमा ३८२ परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
यीमध्ये चार म्याग्निच्युडदेखि माथिका सात परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
चार म्याग्निच्युडदेखि माथिका सात परकम्पमध्ये ‘ठूलो’ शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो ।