site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय लगानीलाई सधैँ स्वागत हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा व्यावसाायिक वातावरण बन्दै गएको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ३७औँ क्यासी सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उल्लेख गरे । नेपालको जलविद्युत्मा अथाह सम्भावना रहेको पनि उनले बताए ।

नेपालको बिजुली किन्न भारत तयार रहेको भन्दै उनले १० वर्षमा ठूलो मात्रामा विद्युत् आयोजना निर्माण गर्नुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रमा पनि सम्भावना रहेको भन्दै उनले लगानी बढाउन आग्रह गरे ।

“नेपालको आईटी सेक्टरमा ठूलो सम्भावना छ । विदेशी लगानीकर्ता पनि नेपालमा लगानी बढाउन इच्छुक छन्,” उनले भने, “नेपालमा लगानी गर्नेलाई सरकारलले स्वागत गर्छ । वातावरण बनाउँछ ।”

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro