site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविको ब्रिफिङ– राजनीतिक प्रतिशोध र यातना कस्तो हुन्छ भन्ने पीडादायक अनुभूति राज्यले गरायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का का सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन सरकारले आफूविरुद्ध अर्को प्रहार गर्न सक्ने बताएका छन् । सभापतिको जिम्मेवारीमा फर्किएपछि बसेको केन्द्रीय समिति बैठकमा उनले सहकारी प्रकरणमा पक्राउ परेपछिको अवस्था पीडादायक रहेको बताए ।

“हामीले राणा शासन देखेका छैनौँ, पञ्चायत झेल्न परेन तर मलाई यो दौरान राज्यले गर्ने राजनीतिक प्रतिशोध र यातना कस्तो हुन्छ भन्ने पीडादायक अनुभूति गरायो,” रविको भनाइबारे कार्यवाहक प्रवक्ता मनीष झाले भने, “यो दौरानको समय कति पीडादायक थियो भन्ने सम्झिँदा पनि पीडादायक छ ।”

पीडा र सबै संघर्षहरू केवल राजनीतिक प्रतिशोधको उपज हो भन्ने भाष्य स्थापित भइसकेको बताए । उनले चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लैजाँदा आफ्नो ज्यानको खतरा महसुस गरेको सुनाए । “चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न खोज्दैन भन्ने लागेको थियो र मेरो ज्यानको खतरा थियो,” उनले बैठकमा भनेका छन्, “मेरो डायरी खोसियो र कहाँ जलाइदियो थाहा छैन ।”

उनले गठबन्धनले अर्को प्रहार गर्न सक्ने भन्दै पार्टीको संरचना सबल बनाउनुपर्नेमा जोड दिए । “यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ । तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ,” उनले बैठकमा भने ।

गणतन्त्र जनताको तन्त्र हो भन्ने झन्डा आफूहरूले बोक्ने पनि बताएका छन् । “गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन । गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौँ,” लामिछानेले बैठकमा भनेका छन् । उनले गणतन्त्रमा पनि सुधार आवश्यक रहेको बताए ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro