site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
तीनकुनेमा एमालेको मोटोरसाइकल र्‍याली– दास र रैती बन्न मन्जुर छैन (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले काठमाडौंमा मोटोरसाइकल र्‍याली निकालेको छ । सोमबार अपराह्नतिर पार्टी महासचिव शंखर पोखरेलको नेतृत्वमा एमालेले काठमाडौंको तीनकुने क्षेत्रबाट र्‍याली निकालेको हो ।

र्‍यालीमा सहभागीहरूले 'गणतन्त्र – जिन्दावाद', प्रतिगमन – मुर्दावाद,' 'हिंसा, हत्या र लुटपाट – मुर्दावाद,' 'जन्मसिद्ध श्रेष्ठता – अस्वीकार गरौँ,' 'नेकपा (एमाले) – जिन्दावाद,'सहितका नारा लगाएका थिए ।

यस्तै, उनीहरूले 'दास र रैती बन्न – मन्जुर छैन,' हत्यारालाई – कारबाही गर,' शान्ति सुव्यवस्था – कायम गर,' 'सामाजिक अराजकता – मुर्दावाद,' 'जनताको बहुदलीय जनवाद – जिन्दावाद,'सहितका नारा पनि लगाएका थिए ।

पछिल्लो समय राजावादी सक्रिय भएसँगै राजनीतिक दलहरूले गणतन्त्रको पक्षमा नाराबाजी र जुलसका कार्यक्रम गर्दै आएका छन् ।

हेर्नुहोस् तस्बिरहरू

UML-Protest-(6)-1743424394.jpg

UML-Protest-(7)-1743424395.jpg

UML-Protest-(3)-1743424393.jpg

UML-Protest-(4)-1743424394.jpg

UML-Protest-(5)-1743424394.jpg

UML-Protest-(1)-1743424393.jpg

UML-Protest-(2)-1743424393.jpg

UML-Protest-(12)-1743424392.jpg

UML-Protest-(13)-1743424392.jpg

UML-Protest-(11)-1743424391.jpg

UML-Protest-(10)-1743424391.jpg

UML-Protest-(9)-1743424390.jpg

UML-Protest-(8)-1743424390.jpg


 

 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्