site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा द्वन्द्व जारी रहे इजरायलसँग विस्तारित भिडन्त हुन्छ : हिजबुल्लाह नेता

काठमाडौं । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले लेबनानको दक्षिणी सिमानामा इजरायलसँगको भिडन्त हालको झडपभन्दा बाहिर जाने चेतावनी दिएका छन् ।

हप्ताअघि इजरायल–हमास द्वन्द्व र इजरायल–हिजबुल्लाह टकराव सुरु भएपछि आफ्नो पहिलो टेलिभिजन भाषणमा नसरल्लाहले कुनै पनि समयमा विस्तारित युद्ध सुरु हुने चेतावनी दिएका हुन् ।

Dabur Nepal
NIC Asia

उनले लेबनानमा आक्रमण गर्ने वा सक्रिय ‘अपरेसन’ गर्ने सोचे इतिहासकै सबैभन्दा ठूलो मूर्खता हुने बताए ।

नसरल्लाहले अमेरिकी हवाई आक्रमणको धम्कीले प्रतिरोधको दृढ संकल्प वा स्थितिलाई कहिल्यै असर नगरेको बताए । अमेरिकालाई चेतावनी दिँदै उनले जवाफ दिन तयार रहेको बताए । लगभग एकतिहाइ इजरायली सैनिक लेबनानसँगको सीमामा पुगेको उनको भनाइ छ ।

हिज्बुल्लाहका केही समर्थकले आफूहरू नसरल्लाहसँग अडिग रहेको बताएका छन् । इजरायलदेखि आफूहरू नडराउने उनीहरू बताउँछन् । इजरायल र अमेरिकासँग आइपरे जस्तोसुकै युद्धका निम्ति आफूहरू तयार रहेको हिजबुल्लाहका समर्थकले बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro