site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभाहलको अभाव देखाउँदै कांग्रेस महासमिति बैठकको मिति सारियो 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको मिति सारिएको छ ।

महासमिति बैठक आउँदो मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । यसअघि, महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने भनिएको थियो ।

Dabur Nepal
NIC Asia

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकबाट महासमिति बैठक सार्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

“तत्कालै हलको अभाव । दोस्रो, भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति बैठकको तयारीका थुप्रै काम प्रभावित भएको कारणले हो,” उनले भने, “अर्कोतिर, हलका लागि प्राविधिक केही कठिनाइ भयो । क्षमता पुग्ने हल काठमाडौंमा भएन भने बाहिरको हल बुकिङ गर्दा गोदावरी जानुपर्ने भएकाले त्यो समयमा मात्र हल उपलब्ध हुने भएपछि हामीले मंसिरको २९, ३० र पुसको १ र २ गतेभित्र बैठक सम्पन्न गर्ने निर्णय गरेका छौँ ।”

कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीस्थित हलमा गरिनेछ । यसअघि, सोही हलमा नेकपा (एमाले)को विधान अधिवेशन सम्पन्न गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu