राजनीति
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक आज बिहान ८ बजे बस्ने बताइएको छ ।
जाजरकोट भूकम्पपछि राहत, उद्धार र उपचारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठकले भूकम्प प्रभावितका विषयमा निर्णय गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
भूकम्प लगत्तै शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जाजरकोट र पश्चिम (रुकुम) पुगेर क्षतिबारे बुझेर फर्केका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ०७:४७
प्रतिक्रिया दिनुहोस्