site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीमा सर्वदलीय सरकार बनाउनुपर्छ : माधव नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोसी प्रदेशमा सर्वदलीय सरकार बनाउनुपर्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले कोसीमा स्थिरता कायम गर्न सर्वदलीय/सर्वपक्षीय सरकार बनाउनुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रमा एकप्रकारको गठबन्धन भए पनि कोसी प्रदेशमा सांसद संख्याका कारण अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनुपर्ने उनले उल्लेख गरे । उनले कोसी प्रदेशमा कुनै एक पक्षलाई निषेध गर्ने वातावरण नरहेको स्पष्ट पारे ।

कोसी नामकरणबारेको विवाद आवश्यक नरहेको भन्दै उनले जनताको भावनालाई सम्मान गर्न प्रदेशसभा बैठकबाट सो विषय टुंग्याउनुपर्ने धारणा व्यक्त गरे ।

Global Ime bank

अध्यक्ष नेपालले आममाफी दिने विषयमा सर्वोच्च अदालतको परमादेश उपयुक्त भएको भन्दै विगतका गल्ती–कमजोरीलाई सच्याएर अघि बढ्न सरकारलाई आग्रह समेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय