site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केपी ओलीको गुनासो– घाइतेको उद्धार र उपचार प्रभावकारी हुन सकेन

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा उपचार प्रभावकारी हुन नसकेको बताएका छन् । 

उद्धार र घाइतेको उपचारका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी आवश्यक रहेको उनले बताएका छन् । 

“मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम (पश्चिम)मा ठूलो मानवीय क्षति भएको छ । ६.४ म्याग्निच्युटको भूकम्पले कयौं घाइते छन्,” उनले भनेका छन्, “राति आएको भूकम्पका कारण उद्दार प्रभावकारी हुन सकेको छैन । मैले बिहान त्यहाँका केही साथीसँग टेलिफोनमा कुराकानी गरेँ । यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ ।” 

ओलीले सबैलाई उद्धारमा खटिन आग्रह गरेका छन् । “घाइतेहरूलाई तत्काल उद्धार र उपचारको प्रबन्ध गरौँ । यो बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नु पर्ने समय हो,” उनले भनेका छन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro