site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आफ्नै आमालाई धनाढ्यसँग चिनजान गराएर अनलाइनबाट डेढ करोड ठगेपछि...

काठमाडौं । एक छोराले आफ्नी ५१ वर्षीया आमालाई प्रयोग गरेर अनलाइनबाट ठूलो ठगी गरेपछि पक्राउ परेका छन् । आफ्नो चिनजान रहेका एक धनाढ्य पुरुषसँग आफ्नो बच्चा बेलाकी २७ वर्षीया साथी भनेर आफ्नै आमालाई ती छोराले चिनाएका थिए ।

त्यसपछि अनलाइन रोमान्सकै तरिकाबाट एकलाख १० हजार अमेरिकी डलर (एक करोड ४६ लाख नेपाली रुपैयाँ)  ठगी गरेको पाइएको हो ।

ली थर(उपनाम) रहेका ती व्यक्तिले आफ्नो आमाको ऋण तिर्न झू थरका एक धनाढ्य साथीलाई ठग्ने योजना बनाएका हुन् ।

लीले झूलाई साङ्घाई कम्पनीमा इन्टर्न गर्ने बेला भेटेका थिए । तर, दक्षिणी चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा आफ्नो घर फर्किएपछि पनि उनी ती धनाढ्य साथीको सम्पर्कमै रहे ।

गत वर्ष लीले लुये थर भनेर परिचय गराउँदै आफ्नी आमालाई विच्याटमार्फत झुसँग सम्पर्क गराएका थिए । त्यसपछि उनीहरूले अनलाइन डेटिङ गर्न थाले ।

लीकी आमाले झूलाई भेट्ने र भविष्यमा विवाह गर्न सांघाई पुग्ने भनेकी थिइन् ।

सन् २०२२ को अप्रिलमा लीकी आमाले झूबाट आठ लाख युआन (चिनियाँ मुद्रा) भन्दा बढी रकम ठगी गरिसकेकी थिइन् ।

उनले विभिन्न बाहना गर्दै पैसा फिर्ता नगर्ने गरेको र उल्टै हजारौँ रकम माग्ने गरेको बताइएको छ ।

उनले ‘तिमीबाहेक अरू कसैसँग कहिल्यै हुने छैन’ भन्दै एकैपटक ७५ हजार अमेरिकी डलर समेत मागेको खुलेको छ । झूलाई शंका लागेपछि महिलाले उनलाई विच्याटमा ब्लक गरेकी थिइन् । त्यसपछि गत सेप्टेम्बरमा ती पुरुषले प्रहरीमा निवेदन दिएका थिए ।

गत महिना अनुसन्धानपछि प्रहरीले ली र उनकी आमालाई गुआङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित उनीहरूको घरबाट पक्राउ गरेको बताइएको छ ।

साउथ चाइना मर्निङ पोस्टबाट ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro