site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्लाई फलदायी बनाउन सरकार गम्भीर देखिएन : अध्यक्ष तिमिल्सिना
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका कारण संसद्को वर्षे अधिवेशन उपलब्धमुलक नभएको बताएका हुन् । 

सरकारले अघिल्लो अधिवेशनमा पेस गरेको अतिआवश्यक विधेयक समेत वर्षे अधिवेशनमा नल्याउँदा संसद्को यो अधिवेशन फलदायी हुन नसकेको उनको भनाइ थियो । 

अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरूले आफैँले प्रस्तुत गरेको विधेयक समेत अपवादबाहेक चासो नलिएको गुनासो गरे ।

संक्रमणकालीन न्याससँग सम्बन्धित विधेयक, संघीय निजामती सेवा जस्ता अतिआवश्यक विधेयक सरकारले संसद्‌मा नल्याएको उनले स्मरण गराए ।

“राष्ट्रियसभाका विधायन व्यवस्थापन समितिले सरकारलाई विधेयकहरू ल्याउनका लागि ध्यानाकर्षण गराएपनि सुनुवाइ भएन, सरकारले विधेयकहरू ल्याउन नसकेका कारण संसद् प्रभावकारी हुन सकेन,” अध्यक्ष तिमिल्सिनाले भने ।

अध्यक्ष तिमिल्सिनाले सरकारले विजनेस नदिएपछि आफूले पटकपटक राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगित गर्नुपरेको बताए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्