site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईसी एशिया बैंकको नाफा साढे ४२ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा ४२.४९ प्रतिशते घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणानुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब एक करोड तीन लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खराब कर्जामा वृद्धि भएसँगै नाफामा असार परेको देखिन्छ ।

वित्तीय विवरणानुसार बैंकको खराब कर्जा असोज मसान्तसम्म १.३७ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा ०.५९ प्रतिशत थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । बैंकले गत वर्षको असोज मसान्तसम्म तीन अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा दुुई अर्ब ७४ करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानीबाट आर्जन गरेको छ ।

बैंकले दुई खर्ब ९४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । तीन खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यो बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro