site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्री ज्वाला भन्छन्– अदालतको हरेक फैसलामा राजीनामा दिएर सम्भव हुन्छ ?
फाइल तस्बिर ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ज्वालाले सरकारले कुनै पनि निर्णय गर्दा संविधान, नियम र कानूनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रूपमा यो फैसलालाई लिएको बताए । उनले सरकारले निर्णय गर्दाखेरी नै विचार गर्नुपर्ने अवस्था रहेको भन्दै अब अदालतको निर्णयलाई सम्मान गरेर अगाडि बढ्ने बताए ।

Dabur Nepal
NIC Asia

"कतिपय विषयहरू सरकारले निर्णय गर्छ । ती विषयहरू अदालतमा जान्छन् । ती निर्णयमा कहिलेकाहीँ अदालतले फरक आदेश पनि गर्न सक्छ । ती आदेशहरू पालना गर्छ । त्यसैले हरेक निर्णयमा राजीनामाको कुरा आउन थाल्यो भने हरेक फैसला हुँदै जाँदा राजीनामा दिँदै जाने त्यो कति सम्भव हुन सक्छ ? यस विषयमा छलफल गर्नु पर्दैन । हरेक विषयमा जोगिएर निर्णय गर्नुपर्‍यो," उनले भने । 

मन्त्री ज्वालाले अदालतको कुनै पनि आदेशलाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro