खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालका कुशल भुर्तेल तेस्रो विकेटका रूपमा आउट भएका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले छैटौँ ओभरको पाँचौँ बलमा भुर्तेललाई गुमाएको हो । भुर्तेलले नेपाली टिमको खातामा २६ रन थपे ।
जारी खेलको ६ ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर ४६ रन बनाएको छ ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० ११:२६
प्रतिक्रिया दिनुहोस्