खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालका आसिफ शेख पहिलो विकेटका रूपमा आउट भएका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो ओभरको पहिलो बलमा आसिफलाई गुमाएको हो । आसिफले नेपाली टिमको खातामा एक चौकासहित पाँच रन थपे ।
जारी खेलको तीन ओभर सकिँदा नेपालले एक विकेट गुमाएर १७ रन बनाएको छ ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० ११:०९
प्रतिक्रिया दिनुहोस्