site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
समूह विजेता बन्ने लक्ष्यमा नेपाल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा बिहीबार ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । 

छनोटको समूह ‘ए’ मा रहेका यी दुवै टिम अपराजित छन् । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा स्थान बनाए पनि आजको खेलले विजेता र उपविजेताको टुंगो लगाउने छ । 

नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरुद्ध आठ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । ओमानले भने पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । 

Dabur Nepal
NIC Asia

समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडे पनि नेट रनरेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ । प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । समूह ‘बी’ बाट युनाइटेड अरब इमिरेट्स (यूएई)ले अन्तिम चारमा स्थान बनाइसक्दा अर्को एक टिमको टुंगो लाग्न भने बाँकी छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । बिहीबार नेपालसमेतको गरी कुल चार खेल हुनेछन् । 

कीर्तिपुरमा हुने दोस्रो खेलमा सिंगापुर र मलेसिया प्रतिष्ठाका लागि भिड्नेछन् । मूलपानीस्थित माथिल्लो मूलपानी मैदानमा हुने पहिलो खेलमा हङकङ र यूएई भिड्नेछन् । दोस्रो खेलमा बहराइनले कुवेतको चुनौतीको सामना गर्नेछ ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro