site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले बाँकी हिमालमा आरोहण अनुमति दिँदै पर्यटन प्रवर्द्धनमा लाग्नुपर्छ : राष्ट्रपति
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालका हिमाल र हिमाली क्षेत्रमा निकै असर परेको भन्दै असर न्यूनीकरणका लािग गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल कार्बन उत्सर्जनको कारक नहुँदा पनि जलवायु परिवर्तनको मारमा परेको विषयलाई संयुक्त राष्ट्रसंघका महासचिवले विश्वसामु उजागर गर्ने बनाउनु सन्तोषको विषय भएको उनले बताए ।

राष्ट्रपति पौडेलले अहिले अहिले विभिन्न २७ हिमाल आरोहणका लागि अनुमति दिएको अवस्थामा अन्य हिमालहरुलाई पनि आरोहण अनुमति दिँदै पर्यटन प्रवर्द्धनमा लाग्न सरकारले ध्यान दिनुपर्ने धारणा राखे । उनले पर्वतीय पर्यटनको विकास र प्रर्वद्धनका लागि आवश्यक काम गर्न सरकारलाई सुझाव दिए ।

Global Ime bank

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सेतो हिमालको कथालाई विश्वसामु चिनाउनका लागि पूर्खाहरुले बलिदान गरेको बताए । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै उनले विश्व बजारमा नयाँ ढंगले प्रचार गर्न सके पर्यटनबाट समृद्धि सम्भव रहेको जिकिर गरे । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिएको र अब यस विषयमा विश्वको ध्यानाकर्षित गराउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा संघले प्रकाशन गरेको नेपाल पर्वत बुलेटिन विमोचन गरिएको थियो भने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement