site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघ महासचिव गुटेरेसको सम्बोधनले नेपालको यथार्थ चित्रण गरेको छ : केसी
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्मा गरेको सम्बोधनले नेपालको अवस्थाको यथार्थ चित्रण गरेको बताएका छन् ।

मंगलबार महासचिव गुटेरेसले सम्बोधन गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया लिएका हुन् । शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउनुपर्ने कुरालाई गुटेरेसले जोड दिएको उल्लेख गर्दै अध्यक्ष केसीले त्यसमा ढिलाइ नगर्न राज्य पक्ष र तत्कालीन विद्रोही पक्षलाई आग्रह पनि गरे ।

उनले भने, "समय अनुकूल नेपालको अवस्थाको चित्रण गर्नुभएको छ । उहाँलाई धन्यवाद दिनुपर्छ । संयुक्त राष्ट्रसंघ पनि यो शान्ति प्रक्रियालाई अल्झाएर राख्नुहुन्न । टुंग्याउनु पर्छ भन्ने पक्षमा छ । उहाँले यसलाई समाधान गर्नु पर्छ भन्नु भयो । समाधान गर्ने त जो दोषी हो, त्यसलाई कारबाही गर्ने हो । जो पीडित छ, उसलाई सहयोग गर्ने हो । यसरी यति लामो समयसम्म अल्झाएर राख्नुहुन्छ र । त्यसो हुनाले यो समस्या समाधान गर्नुपर्छ । हलो अड्काएर हुन्न, यसलाई सहज निकास दिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।"

अध्यक्ष केसीले दोषीलाई कारबाही गर्ने र पीडितलाई सहयोग गरेर मात्रै शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने पनि दोहोर्‍याए । उनले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राज्य पक्ष बढी जिम्मेवार हुनुपर्ने धारणा समेत राखे ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro