राजनीति
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालले आफ्नो स्वाधीनताको रक्षा गर्ने बाटो आफैँ बनाएको बताएका छन् ।
मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
“दुई ठूला शक्तिका बीचमा बसेर नेपालले आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो बाटो आफैँले बनाएको छ,” उनले भने ।
पछिल्ला वर्ष विश्वमा भू–राजनीतिक तनाव बढ्दै गएको उनले जनाए । भू–राजनीतिक तनाव बढ्दा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेको उनले बताए ।
“ठूला शक्तिबीच प्रतिस्पर्धा बढ्दा आफ्नो पनि क्षति हुने हो कि भनेर सान राष्ट्रहरू डराइरहेका छन्,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० १७:५२
प्रतिक्रिया दिनुहोस्