site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको विश्लेषण– शासक वर्गका कारण नेपाल विकसित हुन सकेन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९औँ एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले विभिन्न कालमा शासन गर्नेहरूले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनको भनाइ छ ।

"लामो समयसम्म त हामी हातमुख जोड्ने समस्यामा नै लाग्यौँ । हामीलाई त्यस प्रकारका अवसरहरू लिनै दिइएन । राणा शासन र त्योभन्दा अगाडि हामीले अरू कुनै शासनलाई पनि जोगाइरहनुहुँदैन । राणा गए, अब अरू शासन चाहिँ राम्रा थिए भनेर जोगाउनुपर्ने केही छैन । त्यसभन्दा अघि दुनियाँ विकसित हुँदा हाम्रोमा केही विकास नहुने कसले गर्दा हो ? जनताले गर्दा त होइन । शासकहरूको कारणले हो । जे होस् हामी पछि पर्‍यौँ," ओलीले भने ।

उनले अगाडि थपे, "बाह्य शक्तिले हामीलाई पछि पारे, शासकको स्वार्थका कारणले आन्तरिक शासक वर्गले पनि हामीलाई पछाडि पारे । कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जन सीमित भयो । आम जनताको र देशको विषय बनेन । तर अब हामी अघि बढ्छौँ ।"

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro