site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लगातार दोस्रो जितको खोजीमा नेपाल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा आज (मंगलबार) मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह ‘ए’को यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

प्रतियोगिताको दोस्रो दिन पनि कुल चार खेल हुनेछन् । कीर्तिपुरमा हुने पहिलो खेलमा सिंगापुर र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ । मूलपानीको दोस्रो खेलमा कुवेत र युनाइटेड अरब इमिरेट्स (यूएई) भिड्नेछन् ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले आजको खेल बाहेक अब  कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro