site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
ट्राफिक प्रहरीले अब नागरिक एपमा लाइसेन्स देखाउँदा मान्ने

काठमाडौं । ट्राफिक प्रहरीलाई चेकजाँचको क्रममा अब नागरिक एपमा रहेको आफ्नो ड्राइभिङ लाइसेन्स देखाउँदा मान्य हुने भएको छ । नागरिक एपले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै यस्तो जानकारी दिएको हो ।

ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँच भएको खण्डमा एपमै रहेको लाइसेन्स देखाउँदा मान्यता दिने व्यवस्था कार्यान्वयनमा आएको नागरिक एपले बताएको हो ।

Argakhachi Cement Island Ad

“नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारीचालक अनुमतिपत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ,” नागरिक एपले आफ्नो फेसबुक पेजमा लेखेको छ ।

नागरिक एपले यसका लागि ट्राफिक प्रहरीसँग समन्वय गरी देशभर नै मान्यता पाइने व्यवस्था गरेको बताएको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्