site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीले पुनः सुरु गरिन् अनशन
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनशन सुरु गरेकी छन् ।  नेपालगञ्जकी भारतीले आज (आइतबार)बाट काठमाडौंको माइतीघरमा पुन: रिले अनशन सुरु गरेकी हुन् । 

श्रीमान्‌को हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी हुन् ।  श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । आममाफीपछि उनले विरोध गर्दै आएकी छन् ।  

२०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँकेको नेपालगञ्जका चेतनको हत्या भएको थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro