site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु
तस्बिर : एएफपी ।

काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । सयौँ मानिस बेपत्ता छन् ।

ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचना ध्वस्त बनाएको बताइएको छ ।

घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह सहर अकापुल्को र वरपर रुख र बिजुलीका खम्बाहरू ढलेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्