site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेदरल्यान्ड्ससँगको हारसँगै सेमिफाइनल दौडबाट बाहिरियो बंगलादेश

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा एसोसिएट राष्ट्र नेदरल्यान्ड्सले टेस्ट मान्यताप्राप्त बंगलादेशविरुद्ध ८७ रनको सहज जित निकालेको छ । यो हारसँगै जारी विश्वकपमा बंगलादेश सेमिफाइनल होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

शनिबार भारतको कोलकातास्थित इडेन गार्डेन रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको २३० रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश ४२.२ ओभरमा १४२ रनमै समेटियो ।

बंगलादेशका मेहिदी हसन मिराजले ३५ रन बनाए । मुस्ताफिजुर रहमान र महमुदुल्लाहले समान २० रन थपे । मेहेदी हसनले १७, तान्जिद हसनले १५ र ताक्सिन अहमेदले ११ रन जोडे ।

बंगलादेशलाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका पाउल भान मिकेरेनले चार विकेट लिए । बास डे लिडेले दुई र आर्यन दत्त, लोगन भान बिक र कोलिन अकेरमनले समान एक विकेट झारे ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डसले ६८ रन बनाए । वेस्ली बरेसीले ४१, साइब्रान्ड एन्जेलब्रेटले ३५, लोगन भान बिकले २३, बास डे लिडेले १७ र कोलिन अकेरमनले १५ रन थपे ।

बंगलादेशका सोरिफुल इस्लाम, तक्सिन अहमेद, मुस्ताफिजुर रहमान र मेहेदी हसनले समान दुई विकेट लिए । साकिब अल हसनले एक विकेट लिए ।

प्रतियोगितामा दोस्रो जित निकालेको नेदरल्यान्ड्स तालिकाको आठौँ स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्सले ६ खेलबाट चार अंक जोडेको छ । समान खेलबाट दुई अंकको बंगलादेश नवौँ स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro