विदेश
काठमाडौं । गाजामा युद्धविराम नभएसम्म बन्धक बनाइएकालाई रिहाइ नगर्ने हमासले घोषणा गरेको छ ।
रुसको भ्रमणमा रहेको हमास प्रतिनिधिमण्डलका एक सदस्यले अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएकालाई रिहाइ गर्न नसकिने बताएका हुन् ।
इजरायलका प्रमुख सैन्य प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले हाल २२९ जना हमासको कब्जामा रहेको बताएका छन् ।
गाजामा बन्दी बनाइएका चारजनालाई हमासले रिहा गरिसकेको छ । अरु पनि जीवितै रिहा हुने अपेक्षा गरिएको छ ।
रुसले मस्कोमा हमास प्रतिनिधिमण्डललाई बोलाउनु पछाडि विशेष कूटनीतिक प्रयास हुनसक्ने ठानिएको छ ।
यसबीच अमेरिकाले सिरियामा इरानी र इरान समर्थक क्षेत्रमा आक्रमण गरेको बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८० १५:०३
प्रतिक्रिया दिनुहोस्