site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भ्रष्टाचारको समूल अन्त्य हुनुपर्छ : शेखर कोइराला
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगरको सोभित भवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कोसी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने पनि बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले अहिलेको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म चल्ने भन्दै कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । उनले देश कुनै पनि द्वन्द्वमा फस्न नहुने भन्दै नेपाल एसियाको गरिब देश हुनुमा राजनीतिक दल र नेता प्रमुख कारक भएको बताए ।

केन्द्रीय सदस्य डा. कोइरालाले विकासमा कोसी प्रदेश पछाडि पर्नाका कारण पनि राजनीतिक अस्थिरता भएको उल्लेख गरे । राजनीतिक दलले समाजलाई जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले धारणा राखे ।

Global Ime bank

उनले भने, “अन्य राजनीतिक पार्टीबाट समायोजन भएर आउने राजनीतिक दलका नेता र कार्यकर्तालाई नेपाली कांग्रेसले संरक्षणसहित अवसर पनि दिन्छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !