site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि ३०९ रनको कीर्तिमानी जित निकालेको छ ।

यो एकदिवसीय विश्वकपमा सबैभन्दा ठूलो रनअन्तरको जित हो । यसअघि सन् २०१५ को विश्व कपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २७५ रनले हराउदै यो कीर्तिमान बनाएको थियो ।

बुधबार दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा अस्ट्रेलियाले प्रस्तुतगरेको ४०० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा ९० रनमै समेटियो ।

नेदरल्यान्ड्सका विक्रमजित सिंहले २५ रन जोडे । तेजा निदामानुरुले १४, कप्तान स्टक एड्वार्डसले अविजित १२ कोलिन एकरम्यानले १२ र साइब्रान्ड एन्गलब्रेचले ११ रन जोडे ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले चार विकेट लिए । मिचेल मार्शले दुई र जोश हेजलउड समान दुई विकेट लिए । यस्तै, मिचेल स्टार्च र प्याट कमिन्सले एक-एक विकेट हात पारे ।  

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३९९ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाबाट कीर्तिमानी ब्याटिङ गरेका ग्लेन म्याम्सवेलले ४४ बलमा नौ चौका र आठ छक्कासहित १०६ रनको

योसँगै म्याक्सवेलले सबैभन्दा कम बलमा विश्वकपमा शतक बनाउने कीर्तिमान कायम गरेका छन् । उनले यसै विश्वकपमा दक्षिण अफ्रिकाका आइदेन मार्करमले ४९ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।

डेविड वार्नरले १०४ रन थपे । उनले ९३ बलमा ११ चौका र तीन छक्का प्रहार गरे । स्टिभ स्मिथले ६८ बलमा नौ चौका र एक छक्काको मद्दतले ७१, मार्नुस लाबुसचेन्जले ६२, जोश इङ्लिसले १४ र कप्तान प्याट कमिन्सले अविजित १२ रन जोडे ।  

नेदरल्यान्ड्सका लागि लोगन भान बिकले चार विकेट लिए । यस्तै, बास डी लिडेले दुई र आर्यन दत्तले एक विकेट लिए ।

जितसँगै अस्ट्रेलिया पाँच खेलबाट ६ अंकसहित चौथो स्थानमा उक्लिएको छ । प्रतियोगितामा चौथो हार बेहोरेको नेदरल्यान्ड्स समान खेलबाट दुई अंकसहित पुछारमा छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro