देश
भैरहवा । दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुईजनाको डुबेर मृत्यु भएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ का २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए ।
सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उनले बताए । बेपत्ता सन्तकुमारको खोजी भइरहेको उनले जानकारी दिए ।
कोटहीमाई गाउँपालिकास्थित दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रका दुर्गा मूर्तिहरू विसर्जन गरिँदै आएको छ । रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८० १८:०४
प्रतिक्रिया दिनुहोस्