site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मुस्ताङबाट २३ करोडको च्यांग्रा निकासी
Argakhachi Cement Island Ad

म्याग्दी । मुस्ताङबाट दसैँलाई लक्षित गरेर २३  करोड मूल्य बराबरका च्यांग्रा निकासी भएको छ । 

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लामा च्यांग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दसैँका लागि पाँच हजार ७५५  च्यांग्रा निकासी भएको जानकारी दिए । 

“जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्यांग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,” उनले भने, “कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा रु। तेइस करोड दुई लाख मूल्य बराबरको च्यांग्रा निकासी भएको छ ।” 
    
मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्यांग्रा निकासी भएको उहाँले बताउनुभयो । गतअसोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्यांग्रा निकासी भएको थियो । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्