site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धादिङमा भूकम्पका थप दुई धक्का

काठमाडौं । धादिङमा भूकम्पका थप दुई धक्का महसुस गरिएको छ । आज बिहान धादिङकै खरी आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको परकम्पपछि दुई धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आइतबार बिहान ८ बजेर २८ मिनेटमा सल्यानटार आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको छ ।

यस्तै, बिहान ८ बजेर ५९ मिनेटमा खरी आसपास नै केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यी तीनै धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पका परकम्प हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro