site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेलले कात्तिक अन्तिम साता फ्रान्स र जर्मनीको भ्रमण गर्ने 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक अन्तिम साता युरोपेली राष्ट्र फ्रान्स र जर्मनीको भ्रमण गर्ने भएका छन् ।

फ्रान्सको पेरिसस्थित नेपाली दूतावास स्रोतका अनुसार राष्ट्रपति पौडेल कात्तिक २४ र २५ गते हुने पेरिस पिस फोरमको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । पेरिस पिस फोरम सम्मेलनको यो छैटौँ संस्करण हो । यो वर्ष सम्मेलनको थिम ‘प्रतिद्वन्द्वी विश्वमा साझा मैदानको खोजी’ रहेको छ ।

सम्मेलनमा धेरै देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख, व्यवसायी, विकास बैंक, फाउन्डेन र एनजीओका प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँन, घानाका राष्ट्रपति नाना अकुफो–अड्डु, युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स मिचेल, बार्बाडोसका प्रधानमन्त्री मिया मोट्टली, अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ ।

योपटक सम्मेलनमा पृथ्वी र जीवनको रक्षा, डिजिटल संसारमा विश्वास र सुरक्षा, असमानताको सम्बोधन तथा एसडीजीलाई गति प्रदान गर्ने र सुरक्षित विश्व निर्माणलगायत विषयमा गहन छलफल गरिनेछ ।

स्रोतका अनुसार राष्ट्रपति पौडेल पेरिस पिस फोरमको सम्मेलनमा सहभागी भएपछि त्यहीँबाट जर्मनी जानेछन् । जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरको औपचारिक निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् ।

जर्मनी भ्रमणका बेला राष्ट्रपति पौडेल र त्यहाँका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ । बैठकमा नेपाल र जर्मनीबीचका सबै आयाममा छलफल गरिने स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro