खेल
काठमाडौं । नेपाली महिला टेनिस टोलीले बिली जिन किङ कपअन्तर्गत एसियारओसिएना ग्रुप ३ को प्रतियोगितामा बिहीबार लगातार दोस्रो जित हात पारेको छ ।
नेपालले टिम इभेन्टमा ब्रुनइलाई ३–० ले पराजित गर्यो । पहिलो दिन नेपालले ताजाकिस्तानलाई पनि ३–० ले नै हराएको थियो ।
पहिलो सिंगल्समा नेपालकी सुनिरा थापाले मिङ रुइ चोङलाई ६–० र ६–१ तथा दोश्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले जिया हुइ तानलाई ६–० र ६–० कै सोझो सेटमा पाखा लगाए ।
डबल्समा नेपालका अभिलाषा र माहिका राणाको जोडीले मिङ र एड्रियना सिमको जोडीलाई सीधा सेटमा ६–० र –० ले पन्छाए । समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार कतारसँग खेल्ने छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८० ०८:२५
प्रतिक्रिया दिनुहोस्