site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
म्यादी प्रहरी बन्दा जोडिएको प्रेम सम्बन्धले लियो भावनाको ज्यान
Sarbottam CementSarbottam Cement

काठमाडौं । संविधान दिवसका दिन लोकबहादुर विष्टले तीन महिना कैद सजाय मिनाहा नपाएको भए सायद भावना विकले मारिनुपर्ने थिएन ।  सरकारको सिफारिसमा राष्ट्रपतिबाट गएको असोज ३ गते कैद मिनाहा पाएका लोकबहादुर हत्या आरोपमा पक्राउ परेसँगै प्रश्नहरू उब्जिएका छन् ।

कैद मिनाहा पाएका लोकबहादुरलाई असोज २८ गते राति भावनाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । एक वर्ष कैद सजाय भुक्तान नगर्दै संविधान दिवसका दिन उनी जेलमुक्त भएका थिए । उनी बहुविवाह मुद्दामा जेल परेका थिए ।

लोकबहादुर र भावना दुवै विवाहित हुन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकबहादुरको सिम्लीस्थित रुकुम प्रहरीचौकीनजिकै खानबस्ने सुविधासहितको होटेल छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यही होटेलको ग्राहक थिइन्, रुकुम पश्चिमकै मुसिकोट नगरपालिका–७ की २८ वर्षीया भावना । गत वर्षको स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी बनेकी भावना लोकबहादुरको होटेलमा खाना खाने ग्राहक बन्न पुगेकी थिइन् ।

भावनाले करिब एक महिना नियमित उक्त होटेलमा खाना खाएकी थिइन् । सोही क्रममा लोकबहादुर र भावनाबीच होटेल साहु र ग्राहकको सम्बन्ध प्रेममा बदलियो । लोकबहादुरकी श्रीमती र भावनाका श्रीमान् वैदेशिक रोजगारीमा थिए ।

Global Ime bank

उनीहरू अविवाहितजस्तै गरी सधैँ भेटघाटमा व्यस्त हुन थालेका थिए । लोकबहादुरले त्यसअघि नै दुई विवाह गरेका थिए । ०७६ मा बहुविवाह मुद्दामा दोषी ठहर गर्दै अदालतले उनलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । तर, उनी लुकीछिपी बस्दै आएका थिए ।

०७९ फागुन १४ गते भने उनी प्रहरीको फन्दामा परेर जेल पुगेका थिए ।

भावनासँग लोकबहादुरको प्रेम सम्बन्ध पनि चलिरहेकै थियो । बहुविवाह मुद्दामा जेल परेको थाहा हुँदाहुँदै पनि लोकबहादुरलाई भेट्न उनी कारागार पुग्ने गर्थिन् ।

विवाह गर्न दबाब दिएपछि हत्या
वैदेशिक रोजगारीमा रहेका श्रीमान्सँग सम्बन्धविच्छेद गरी भावना लोकबहादुरसँगै विवाह गर्ने योजनामा थिइन् । कैद सजाय मिनाहा पाएर घर फर्किएपछि भावना र लोकबहादुरबीच नियमित भेटघाट थियो ।

लोकबहादुर जेलबाट छुटेयता करिब २५ दिनको अवधिमा भावनासँग उनको १२४ पटक फोन सम्पर्क भएको देखिएको रुकुम पश्चिमका प्रहरी प्रमुख एवं डीएसपी नमराज भट्टराईको भनाइ छ ।

असोज २८ गते उनीहरू रुकुम सदरमुकाम खलंगास्थित होटेल सत्कारको एक नम्बर कोठा ‘बुक’ गरेर बसेका थिए । यसअघि नै दुई विवाह गरेको भन्दै लोकबहादुर भावनासँग बिहेका लागि तयार थिएनन् । त्यही विषयमा उनीहरूबीच समय–समयमा मनमुटाव समेत हुने गर्थ्यो ।

असोज २८ गते होटेलमा पनि उनीहरूबीच त्यही विषयमा झगडा भएको र लोकबहादुरले भावनाको हत्या गरेको खुलेको डीएसपी भट्टराईले बताए । “उनीहरू लामो सयमदेखि प्रेम सम्बन्धमा थिए । तर, भावनाले बिहे गर्नुपर्‍यो भनेपछि विवाद भएको देखिन्छ । त्यही विवादले उग्ररूप लिँदा लोकबहादुरले भावनाको हत्या गरेको खुलेको छ,” उनले भने ।

लोकबहादुर असोज २९ गते होटेलको कोठा बन्द गरेर भागेको खुलेको थियो । गएको बुधबार प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भावनाको हत्या गर्न प्रयोग गरिएको चक्कु समेत प्रहरीले बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको डीएसपी भट्टराईले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय