site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी विद्रोहले कांग्रेसमा ल्याएको उत्साह, वाग्मतीमा पनि हुँदै छ विद्रोह ? 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोसी प्रदेश सरकार निर्माणमा नेता डा. शेखर कोइराला समूहले गरेको विद्रोहले अन्य प्रदेशमा परकम्प गएको छ । 

केन्द्रीय गठबन्धनको निर्णयविपरीत गएर कोसीमा केदार कार्की मुख्यन्त्री बन्न सफल भएपछि ‘विद्रोह’ गर्ने हौसला अन्य प्रदेशमा पनि थपिएको छ । वाग्मती प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने माग उठ्न थालेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

महामन्त्री गगनकुमार थापाका अनुसार वाग्मतीमा कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै ‘डेलिगेसन’ आउन थालेका छन् । बिहीबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले कोसीको पराकम्प अन्य प्रदेशमा गएको उल्लेख गरेका हुन् । 

महामन्त्री थापाले आज (बिहीबार) बिहानमात्र आफ्नो निवासमा कांग्रेसका चारजना प्रदेशसभा सदस्यहरू आफू कहाँ यस्तो प्रस्ताव लिएर आएको बताए । उनले माओवादी केन्द्रको नेतृत्वमा रहन नसक्ने भन्दै विद्रोह गरेर वाग्मतीमा सरकार बनाउनुपर्ने पक्षमा आवाज उठेको जिकिर गरे । 

Global Ime bank

“आज म कहाँ वाग्मती प्रदेशका चार सांसदहरू आउनुभयो । उहाँहरू के भन्नुहुन्छ भने वाग्मती प्रदेशमा हामी सबैभन्दा ठूलो पार्टी हो हामी माओवादीलाई मान्दैनौँ । सरकार बदलौँ भन्नुहुन्छ,” थापाले भने । 

नेपाली कांग्रेस वाग्मती प्रदेशमा सबैभन्दा ठूलो दल हो । उसको वाग्मतीमा ३७ सांसद छन् । तर, कांग्रेसले २१ सिटको माओवादीलाई मुख्यमन्त्री मानेको छ । 

थापाले यसरी आउने सांसदहरूलाई आफूले सभापति शेरबहादुर देउवा र समूहका नेता शेखर कोइरालासँग संवाद गर्न भन्ने गरेको जानकारी दिए । 

“मैले यसबारे धेरै थाहा छैन सभापति र वरिष्ठ नेतालार्य सोध्नुहोस् भनेको छु,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय