site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपाललाई कमल थापाको खुलापत्र : राजसंस्था वा गणतन्त्रबारे जनमत संग्रह गरौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था वा गणतन्त्रबारे जनमत संग्रह गराउनका लागि चुनौतीसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई खुलापत्र लेखेका छन् ।

पूर्वराजालाई दल खोलेर चुनाव लड्न सुझाव दिएका अध्यक्ष नेपाललाई बुधबार सामाजिक सञ्जालमार्फत थापाले जनमत संग्रहको चुनौती दिएका हुन् । पूर्वराजाको आलोचना गरेर लोकप्रिय भइन्छ भन्ने भ्रमबाट मुक्त हुन पनि उनले नेपाललाई आग्रह गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रिय माधवजी, राजालाई चुनाव लड्न आउ भन्नुभएको समाचार सुनेँ । डेढ दशकदेखि राज्यसत्ता छोडेर स्वतन्त्र र सचेत नागरिकको जीवन निर्वाह गरिरहनुभएका राजा ज्ञानेन्द्रलाई गाली गरेर वा उहाँको राष्ट्रप्रतिको चिन्तालाई आलोचना गरेर लोकप्रिय भइन्छ भन्ने भ्रमबाट पूर्वप्रधानमन्त्री समेत भइसकेको तपाईं अझै मुक्त हुननसकेको देख्दा उदेक लागेको छ,” उनले लेखेका छन् ।

२०६२/६३ को आन्दोलन दरबारसँग सम्झौता गरेर टुङ्गिएको घटनाको नेपाल स्वयं साक्षी भएको भन्दै उनले त्यसबेलाको भद्र सहमतिको उल्लंघन गरेर विदेशीको दबाब र प्रभावमा षड्यन्त्रपूर्वक राजसंस्था पाखा लगाएर खडा गरिएको संघीय गणतन्त्र अहिले भ्रष्ट व्यवस्थामा रुपान्तरण भएको उल्लेख गरेका छन् ।

Global Ime bank

“ललितानिवास जग्गाकाण्ड, सुन तस्करी र नक्कली भुटानी शरणार्थी काण्डलगायतका दर्जनौँ भ्रष्टाचार काण्डमा स्वयं प्रधानमन्त्री, मन्त्री र सरकार नै संलग्न रहेका छन्,” उनले लेखेका छन्, “सायद तपाईंको पनि नाम मुछिएको छ ।”

उनले संघीय गणतन्त्र र धर्मनिरपेक्षता साह्रै लोकप्रिय छ, जनताले खोजेका छन् भन्ने लागेको भए एकपटक यो विषयमा जनतालाई नै सोध्ने प्रस्ताव गरेका छन् ।

“हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र संघीयता वा अखण्ड नेपालमध्ये के राख्ने भन्नेबारे जनमत संग्रह गरौँ । सधैँको लागि यो विवादको छिनोफानो गरौँ,” उनले लेखका छन्, “वर्तमान संविधानमा पनि जनमत संग्रहको प्रावधान छ । तपाईं स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ । सक्नुहुन्छ जनमत संग्रह गर्न ?”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  २१:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement