site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ‘मध्यावधि निर्वाचन र प्रदेशसभा विघटन रोक्न मेरो नेतृत्वमा सरकार गठन भयो’
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचन र प्रदेशसभा विघटन रोक्न नयाँ ढंगको राजनीतिक परिस्थिति सिर्जना भएको बताएका छन् । कोसी प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव राख्दै कार्कीले प्रदेशको जटिल राजनीतिक अवस्थाबीच आफूले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको बताए । 

“मध्यावधि निर्वाचन रोक्न र प्रदेशमा स्थिरता कायम गराउँन सरकारको प्रमुख भूमिका रहने छ । हामी त्यसमा सक्रिय हुनेछौँ,” उनले भने । 

कार्कीले जनताका अपेक्षा र प्रश्नहरुको उचित सम्बोधन गर्न प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको बताए । 

मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयन र प्रदेशको संस्थागत विकासको कार्यभार पूरा गर्ने चुनौती रहेको बताए । उनले भने, “गणतन्त्रको संस्थागत विकासको लागि नयाँ संकल्प गर्नु परेको छ ।”

कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।‌ कार्कीलाई सरकार गठनमा एमालेका ३९ र कांग्रेसका ८ सांसदले समर्थन गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro