site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लाओसलाई हराउँदै नेपाल फिफा विश्वकपको दोस्रो चरणमा

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटअन्तर्गत पहिलो चरणमा दोस्रो लेगमा लाओसलाई १–० ले हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।

मंगलबार लाओसस्थित न्यू लाओस राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई हराउन नेपालका मनिष डांगीले निर्णायक गोल गरे । मनिषले ५३औँ मिनेटमा अन्जन बिष्टले निकालेको पासलाई ६ यार्ड बक्सबाट पोस्टको दिशा दिएका थिए ।

इन्जुरी टाइममा किरणले लाओसका खेलाडीले गरेको हेडर गोल लाइनबाट बचाउँदै घरेलु टिमको खेलमा फर्किने मौका टारेका थिए ।

लाओसविरुद्ध नेपालका अमृत श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरे । हिमालयन शेर्पाबाट घरेलु लिग खेल्ने अमृत इन्जुरी समयमा जिलेश्पीजंग कार्कीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यो जितसँगै नेपालले लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो । यसअघि दशरथ रंगशालामा भएको पहिलो लेगमा नेपाल १–१ को बराबरीमा रोकिएको थियो ।

छनोटको दोस्रो चरणमा कुल ३६ टिमले प्रतिस्पर्धा गर्नेछ । जहाँ प्रत्येक समूहमा चार टिम रहने गरी नौ समूहमा विभाजित हुनेछन् । प्रत्येक समूहका चार टिमले होम र अवे गरी कुल ६ खेल खेल्नेछन् ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro