site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजराइल र हमासबीच युद्धविरामको रुसी प्रस्ताव सुरक्षा परिषद्‌मा अस्वीकृत 

न्यूयोर्क । मानवीय आधारमा इजराइल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत प्राप्त हुन नसकेपछि प्रस्ताव अस्वीकृत भएको हो ।  

रुसले परिषद्‌मा गाजामा मानवीय आधारमा युद्धविराम गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्तावको पक्षमा चीन, ग्याबोन, मोजाम्बिक, रुस र संयुक्त अरब इमिरेट्सले समर्थन गरेका थिए । सोमबार भएको मतदानमा संयुक्त अधिराज्य, अमेरिका, फ्रान्स र जापानले विपक्षमा मतदान गरेका थिए ।

Dabur Nepal
NIC Asia

इजराइलमाथि हमासले गरेको आक्रमणप्रति रुसी प्रस्तावले हमासको आलोचना नगरेको भन्दै फ्रान्स, अमेरिका र संयुक्त अधिराज्यले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । 

६ मुलुक अल्बानिया, ब्राजिल, इक्वेडर, घाना, माल्टा र स्विट्रल्यान्डले मतदानमा भाग लिएनन् । रुसी प्रस्तावअघि बढ्नका लागि उक्त प्रस्तावको पक्षमा नौ मत आवश्यक थियो । 

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले रुसले इजराइलमाथि हमासको आक्रमणलाई उपेक्षा गरेको र पीडितहरूको अपमान गरेको भन्दै अमेरिकाले रुसको प्रस्तावलाई समर्थन गर्न नसक्ने बताए ।

“हमासको आलोचना नगरेर रुसले आतंकवादी समूहलाई आश्रय दिइरहेको छ जसले निर्दोष सर्वसाधारणप्रति अत्याचार गरेको छ, यो अपमानजनक, कपटपूर्ण र अक्षम्य छ,” उनले भने । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro